कला


‘खेल’को नयाँ पोस्टरमा सुरक्षा पन्तको लुक्सले के भन्छ?

‘खेल’को नयाँ पोस्टरमा सुरक्षा पन्तको लुक्सले के भन्छ?

नेपालखबर
चैत ५, २०८१ मंगलबार २०:३२, काठमाडौँ

आगामी वैशाख १२ गते प्रदर्शन हुने फिल्म ‘खेल’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटालाई देख्न सकिन्छ। 

रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा नीलो र कालो रङको संयोजनमा तयार पारिएको छ। यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ।

पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ। अगाडि हेडफोन लगाएकी अभिनेत्री सुरक्षा पन्त चलचित्रकी प्रमुख पात्र रहेको पोस्टरले जनाउँछ।

‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन्। यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ। अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा फिल्मले भन्नेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छन्।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन्। आशिषराज महर्जनले कथा रहेको फिल्मको पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्। संवाद विष्णु गैरेले लेखेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad