त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नेपालगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ।
मंगलबार सम्पन्न मतदानबाट अनेरास्ववियुकी देवार्चना अधिकारी नेतृत्वको प्यानल विजयी भएको हो।
उनको प्यानलमा सचिवमा ईशा पौडेल, कोषाध्यक्षमा अस्मिता सिंह थिए।
यस्तै प्रत्यक्षतर्फ सदस्यमा स्मृति घिमिरे, सूचना धिताल, नीलम सुनाल, एन्जल शाही र यशोदा खड्का थिए।
291
Shares

प्रतिक्रिया