खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्ने बताएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्।
उनले एउटा वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको भन्दै सरकार यसको अन्त्य गर्नको लागि लागिपरेको दाबी पनि गरे।
सुकेका खानेपानीका मुहानहरूलाई पुरानै अवस्थामा फर्काउनको लागि प्राथमिकतासाथ बजेट विनियोजन गरिने उनको भनाइ छ।
अहिले २७ प्रतिशत जनसंख्या स्वच्छ खानेपानीको पहुँचमा रहेको र अबको एक वर्षभित्र यो संख्या बढाएर ५७ प्रतिशत पुर्याउने दाबी पनि गरे।
उनले भने, ‘सुकेका खानेपानीका मुहानहरू नै पुनर्जीवित गर्दै पुरानै संरचनामा पुर्याउनको लागि हामी काम गरिरहेका छौं। देशभरैका खानेपानीका मुहानहरूको सुरक्षाको लागि यसपटक खानेपानी मन्त्रालय प्राथमिकताका साथ बजेट विनियोजन गरेर अगाडि बढ्छ। र पानीको मुहान भनेको नेपाल सरकारको हो। त्यसमा कसैले दादागिरी गरेर यो वडाबाट त्यो वडामा पानी जान नदिने जुन राजनीति छ, त्यो राजनीति अबदेखि अन्त्य गर्छाैं।’
Shares

प्रतिक्रिया