राजनीति


काठमाडौँमा लागे संघीयताविरुद्ध नारा

काठमाडौँमा लागे संघीयताविरुद्ध नारा

नेपालखबर
चैत २५, २०८१ सोमबार १६:५८, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध काठमाडौँमा सुरु गरेको साताव्यापी आन्दोलन अन्तर्गत सोमबार जुलुश प्रदर्शन गरेको छ।

संघीयताविरुद्ध नाराबाजी गर्दै जनमोर्चाको जुलुश चाबहिल चोकमा शभामा परिणत भएको छ।

जनमोर्चाले बसुन्धराबाट र कपनस्थित पार्टीको केन्द्रीय कार्यालय रहेको क्षेत्रबाट जुलुश निकालेको थियो।

दुवै जुलुश सुकेधारामा मिसिएपछि मिलनचोक, गोपीकृष्ण सिनेमा, चुच्चेपाटी, बौद्ध हुँदै चाबहिल पुगेर सभामा परिणत भएको हो।

जुलुशमा सहभागीहरूले ‘संघीयता खारेज गर, संघीयता धोका हो षडयन्त्रको पोका हो, विकास गर्ने मन भए एउटै सरकार काफी छ, हिमाल पहाड तराई कोही छैन पराई, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारको अन्त्य गरौँ, राष्ट्रियताको रक्षा गरौँ, प्रतिगमन खबरदार’ लगायतका नारा लगाएका थिए।

सभामा जनमोर्चाका पदाधिकारी तथा विभिन्न जनवर्गीय संगठनका नेताहरूले सम्बोधन गरिरहेका छन् भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक प्रस्तुती दिएका छन्।

जनमोर्चाले संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि भन्दै चैत २४ देखि राजधानीमा आन्दोलन सुरु गरेको हो। चैत ३० गतेसम्म हुने कार्यक्रम अन्तर्गत २६ गते माइतीघर मण्डला, २७ गते गोंगबु चोक, २८ गते न्यूरोड, २९ गते भृकुटिमण्डप र ३० गते रत्नपार्कमा जुलुश तथा सभा गर्ने कार्यक्रम रहेको जनमोर्चाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad