राजनीति


मधेसकी छोरी भएकाले प्रिसा साहको मृत्युमा सरकार मौन छ : अमरेश सिंह

मधेसकी छोरी भएकाले प्रिसा साहको मृत्युमा सरकार मौन छ : अमरेश सिंह

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १२:२९, काठमाडौँ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारतको ओडिसास्थित केआईआईटी कलेजमा आत्महत्या गरेकी प्रिसा साहको प्रकरणको सरकारले भेदभाव गरेको आरोप लगाएका छन्। 

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उलने भने, ‘प्रिसा साहको भारतको केआईआईटीमा आत्महत्या भएको छ। यो घटना संयोग मात्रै होइन। एक डेढ महिना पहिला बुटवल निवासी प्रकृति लम्सालको त्यस्तै घटना भएको थियो। हाम्रो सरकारले त्यो घटनामा अलिकति तदारुकता पनि देखायो।’

तर, मधेसकी छोरी भएकाले यसमा सरकारले भेदभाव गरेको आरोप लगाउँदै सिंहले भने, ‘तर, मधेसकी बेटी भएकाले सरकार यसमा मौन छ। म सरकारसँग सोध्न चाहान्छु, परराष्ट्र मन्त्रालयसँग सोध्न चाहान्छु- परराष्ट्र मन्त्रालय खाली घुम्नका लागि बनेको हो कि आफ्नो नागरिकको जिउ धनको सुरक्षा गर्नका लागि हो, चासो व्यक्त गर्नका लागि हो।’

उनले विदेशको जुनसुकै ठाउँमा भए पनि आफ्ना नागरिकबारे सत्यतथ्य पत्ता लगाउनका लागि पहल गर्न सरकारलाई आग्रह समेत गरे। ‘विदेशको जनुसुकै ठाउँमा होस्, म सरकारलाई आग्रह गर्न चाहान्छु सत्यतथ्य छानबिन गर्न पहल गर्नुहास्,’ सिंहले भने।

साह गत बिहीबार केआईआईटी कलेजको छात्रावासमा झुन्डिएको अवस्थमा फेला परेकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad