राजनीति


कुलमान हटाउँदा प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भएको छ : योगेश भट्टराई

कुलमान हटाउँदा प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भएको छ : योगेश भट्टराई

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १२:५१, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गरे। ‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु,तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो?,’ भट्टराईले भने, ‘अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो। हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो। अनि अर्को मुख्य सचिव ल्याउनु थियो।’

यस्तै काम केपी ओली सरकारले गर्दा विरोध गरेको भन्दै उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किन? तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छ?यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई।’

कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै उनले सरकारसँग तालमेल नमिलेपछि एउटा सहसचिव हटाएको बताए। ‘केही कर्मचारीलाई सरकारले हटायो, त्यो सरकारको अभिशिष्ट अधिकार पनि हो,’ भट्टराईले भने, ‘कर्मचारी सरकारको मातहत हो, त्यो समीक्षा गर्न सकिन्छ।’

उनले थपे, एउटा सहसचिव तहको कर्मचारी हो। सरकारसँग उसको टुयुनिङ मिलेन। उसको एउटा बन्दोबस्ती भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad