तराई–मधेसको हुलाकी राजमार्गकेन्द्रित अभियानमा करिब एक करोड मानिस भेटेको दाबी गरेको माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा पनि गर्दैछ।
जेठ २ गतेदेखि अभियान सुरु गर्ने भनेको माओवादीले डेलधुराबाट यात्रा थाल्नेछ। माओवादी केन्द्रका सचिव दिनानाथ शर्माका अनुसार जेठ १ गते बेलुका डडेलधुरामा भेला भएर जेठ २ गतेदेखि बैतडीको पाटन र डोटीको दिपायलबाट अभियानको थालनी हुनेछ। त्यहाँ जनसभा र जनसंवाद हुनेछन्।
सुरुका १० दिनसम्मको मात्रै कार्यक्रम सार्वजनिक गरेको माओवादीले पोखरामा पुगेर जनसभा गर्नेछ। त्यसपछि बाँकी क्षेत्रको कार्यक्रम सार्वजनिक गरिनेछ।
यस्तो छ माओवादी अभियानको समय तालिकाः
२०८२ जेठ १ गते बेलुका डडेलधुरा
२०८२ जेठ ३ गते, अछाम मंगलसेनमा जनसंवाद
२०८२ जेठ ४ गते, दैलेख सदरमुकाममा जनसभा
२०८२ जेठ ५ गते, जाजरकोट खलंगमामा जनसंवाद
२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
२०८२ जेठ ७ गते, पूर्वीरुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा
२०८२ जेठ ८ गते बागलुङमा जनसंवाद
२०८२ जेठ ९ गते पर्वत कुस्मामा जनसंवाद
२०८२ जेठ १० गते कास्की (पोखरा)मा जनसभा
Shares

प्रतिक्रिया