राजनीति


सफल मन्त्री हुन सकेको छैनः मन्त्री गुरुङ

सफल मन्त्री हुन सकेको छैनः मन्त्री गुरुङ

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १९:५८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सफल मन्त्री हुन नसकेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको तर अहिले मन्त्री बन्दा हल्ला गर्न नसकेको बताए। 

आफूले सोझो हुँदा पनि नतिजा आउन नसकेको आफ्नो ठम्याइ रहेको उनको भनाई छ।

मन्त्री गुरुङले भने, ‘म मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको हो। अहिले हल्ला गर्न सकेको छैन। त्यत्ति फरक छ। अहिले म सफल मन्त्री हुन सकेको छैन।’

मन्त्री गुरुङले सफल मन्त्री हुन नसक्दा अहिल केही आक्रोश रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad