राजनीति


'ट्रेड युनियनका नेताको जीवनशैलीमा प्रश्न उठ्यो, घुस लिने गरेको गुनासो आयो'

'ट्रेड युनियनका नेताको जीवनशैलीमा प्रश्न उठ्यो, घुस लिने गरेको गुनासो आयो'

नेपालखबर
जेठ ७, २०८२ बुधबार १२:५३, काठमाडौँ

पेसागत महासंघ नेपालले ट्रेड युनियनका नेताहरूको जीवनशैलीमा प्रश्न उठाएको छ। महासंघको ३१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रेमलकुमार खनालले ट्रेड युनियन नेताहरूको बदलिँदो सौखिन जीवनशैलीबारे प्रश्न उठेका भन्दै छलफल गर्नुपर्ने बेला भएको बताएका हुन्। 

'ट्रेड युनियनका नेताको जीवनशैलीको बारेमा प्रश्न आएको छ। हुनलाई श्रमिक नेता भनेको छ, सुटेट बुटेडदेखि लिएर सारा ऐस आरामको जीवन बिताएको छ। हिजो सामान्य तलब भत्ता खाएको मान्छे अहिले ट्रेड युनियनको नेता भएको छ,' उनले भने, 'आलिसान महल छ भन्छ, पँजेरो गाडी छ भन्छ। सारा कुरा छ यो के हो ? हो की होइन। ट्रेड युनियनभित्र आफ्ना नेताको जीवनशैलीमा परिवर्तन आइरहेको बारेमा त्यहाँ मापदण्ड छलफल गर्नुपर्छ कि पर्दैन?’

उनले युनियनका नेताहरूमाथि सरुवा, बढुवाको लिस्ट बोकेर व्यवस्थापन र सरकारलाई बुझाउने र सरुवा, बढुवाका लागि थर्काएर सरुवा हुनेबाट घुस लिने गरेको गुनासो आइरहेको भन्दै यसबारे अनुसन्धान जरुरी रहेको पनि उल्लेख गरे। 

'ट्रेड युनियनमा अहिले के आरोप आएको छ भने ट्रेड युनियनका नेताहरू भनेको छ, सरुवाको लिस्ट लिएर जाने, व्यवस्थापन र सरकारलाई लगेर पेस गर्ने। थर्काउने, अनि आफ्नो मान्छेलाई, आफूले भनेको ठाउँमा सरुवा गराउने, थपक्क सरुवा व्यवस्थापनले गरिदिन्छ,' उनले भने, ' सरुवा गरिसकेपछि सरुवा भएको मान्छेले ट्रेड युनियनको नेतालाई काम गरिदिएको बापत महिनावारी बुझाउने । वार्षिक रुपमा पैसा बुझाउने खालको कुरा आइरहेको छ। हो की होइन, होइन भने ट्रेड युनियनले खबरदारी गर्नुपर्ने अवस्था छ।'

सरकारी तलब खानेहरूले ट्रेड युनियन खोल्न पाउँदैनन् भन्ने बहस गर्नेहरूलाई उनले जवाफ फर्काए।  

‘बजारमा के आइरहेको छ भने सरकारी तलव खाएकाहरुले ट्रेड युनियन खोल्न पाउँदैनन्, खोल्न दिन हुँदैन भन्ने बहस आएको छ,' उनले भने, 'यो भ्रम अन्योल हो भन्नेकुरा हामीले चिर्नुपर्छ । हाम्रो टे«ड युनियन अधिकारका तीन वटा कम्पोनेन्ट छन्। राइट टु अर्गनाइज, राइट टु कलेक्टी बार्गेनिङ, राइट टु इण्डस्ट्रियल एक्सन। यी अधिकारसहित मात्रै हामी अगाडि बढ्न सक्छौँ। हामीले पेसागत हक हितको कुरा गरिरहँदा, श्रमीकको हक हितको कुरा गरिरहँदा तीत वटा अधिकार भएन भने लङ्गडो हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad