राजनीति


पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट

नेपालखबर
जेठ १७, २०८२ शनिबार १५:५४, काठमाडौँ

चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी छिन्। 

साताव्यापी भ्रमणमा क्रममा चीनको गान्सु प्रान्त पुगेकी उनले शनिबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी हुन्।

भ्रमण टोलीमा रहेका नेकपा एमालेका नेता कर्णबहादुर थापाका अनुसार उनीहरुबीचको भेटमा दुई देशबीचको कूटनीतिक स्तर र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो। 

त्यस्तै गान्सु प्रान्तका पार्टीका उपप्रमुख रेन जेन्हेसँग पनि पूर्वउपराष्ट्रपति भण्डारीले भेट गरेकी थिइन्। उक्त भेटमा नेपाल, चीन तथा गान्सु प्रान्तकोआपसि हित र सम्बन्धका विषयमा छलफल भएको थापाले बताए।

पूर्वराष्ट्रपति भण्डारीलाई गान्सु प्रान्तका  मुख्यमन्त्रीले रात्री भोजको आयोजना समेत गरेका थिए। 

पूर्वराष्ट्रपति भण्डारी उद्योगमन्त्री दामोदर भण्डारीसहित एमाले नेताहरू सहभागी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad