नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन्।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रुपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरु रुपान्तरण भइरहेको उल्लेख गरे।
‘हामी वामपन्थीहरु, जो जन्मजातै गणतन्त्रवादी भनेर हिँड्छौँ हामीले आफूलाई। २०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ। संवैधानकि राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौँ, उनले भने, ‘त्यो रुपान्तरण नभएको भए कसरी हुन्थ्यो? त्यो विचारले काम लागेन। किनकी सम्झौता राजाले भंग गरेका थिए। हामीले होइन। तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौँ भन्यौँ।’
भट्टराईले थपे, ‘बन्दुक र सेना बाहेक कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी कसरी ०७२ को संविधानमा आयो। जहाँ बहुदलीय प्रतिष्पर्धा, मानव अधिकार, मान्छेको मूल्य, राजनीतिक चेतनाको कुरा छ। त्यो हिजोको माओवाद सिद्धान्तमा त्यति मेल खाने कुरा थिएन। आज यहाँ आइपुगेको माओवादी रुपान्तरण बिना कसरी आयो? हो हामी आवश्यक पर्दा रुपान्तरण हुँदा रहेछौँ।’
आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने काममा लाग्नुपर्नेमा भट्टराईले जोड दिए। ‘राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक अर्को एक झमट रुपान्तरणको आवश्यकता छ,’ उनले भने, ‘त्यसले हामीलाई यहाँ भन्दा अझ माथि लैजान्छ। आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्याउने।’
Shares

प्रतिक्रिया