संसद् बैठक सञ्चालनमा ढिलाइ, छलफल सकिएपछि निर्णय लिएर आउने सभामुखलाई विपक्षीको जानकारी
प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।
दिउँसो १ बजेलाई बैठक बोलाइएको भए पनि प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुको बैठक नसकिएका कारण संसद् बैठक सुरु गर्न ढिला भएको हो।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने आफूहरुको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन्।
बैठक सञ्चालन गर्नुपर्ने भन्दै सभामुखले यसबारे जिज्ञासा रोखका थिए।
प्रमुख प्रतिपक्षी माओवादीसहितका विपक्षी दलको बैठक भने बानेश्वरमा जारी छ।
501
Shares

प्रतिक्रिया