गत शुक्रबारबाट प्रदर्शन भएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। निर्माण टिमले कलाकारसहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप देखिएका हलमा पुगेर प्रतिक्रिया लिएका छन्।
अभिनेताद्वय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमाले दर्शकबाट ‘उत्कृष्ट वडअफ माउथ’ पाएको छ। दर्शकको वर्डअफ माउथ उत्कृष्ट मिलेकाले आज वीक डेजमा समेत सिनेमाको व्यापार राम्रो हुने अपेक्षा निर्माण टिमको छ।
सिनेमा हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको तारिफ गरेका थिए। राम्रो मौलिक तथा पुरानो संस्कृतीलाई समेटेर पूर्ण मनोरञ्जनात्मक नेपाली सिनेमा निर्माण गरेको भन्दै निर्माता सन्तोष गौतमको समेत तारिफ दर्शकले गरेका थिए।
दर्शक प्रतिक्रियाले उत्साहित बनाएको सिनेमाका मुख्य कलाकार, निर्माता तथा निर्देशकको भनाई छ।
‘हामीले सिनेमा राम्रो बनाएको प्रतिक्रिया पाएका छौं । दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ ले हाम्रो सिनेमाको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौं । हामीले इमान्दारिताका साथ् विना सम्झौता सिनेमा निर्माण गरेका थियौं,’ निर्माता गौतमले भने ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ । ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ।
Shares

प्रतिक्रिया