राजनीति


संसद् सञ्चालनबारे विपक्षीले कांग्रेससँग निर्णायक कुरा गर्दै

संसद् सञ्चालनबारे विपक्षीले कांग्रेससँग निर्णायक कुरा गर्दै

नेपालखबर
जेठ २५, २०८२ आइतबार १४:८, काठमाडौँ

संसद्को अवरोध हटाउनेबारे प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका विपक्षी दलहरुले सत्तारुढ नेपाली कांग्रेससँग निर्णायक कुरा गर्ने भएका छन्। 

त्यसका लागि बानेश्वरमा जारी बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई आफूहरुले बोलाएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालखबरलाई जानकारी दिए।

‘कांग्रेसका साथीहरुलाई पर्खिएर बसेका छौँ,’ उनले भने, ‘हामी सबैसँगै बसेर कांग्रेससँग फाइनल कुरा गर्ने भनेर पर्खिरहेका छौँ।’

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले संसद अवरोध गर्दै आएका छन्। 

जेठ १५ मा बजेट ल्याउन दिएका उनीहरूले त्यसयता भने आफ्नो अडान कायमै राखेका छन्। तर, सत्ता पक्षले भने छानबिन समिति नबनाउने अडान लिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad