राजनीति


अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान सुरु (तस्बिरहरू)

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान सुरु (तस्बिरहरू)

सौगात दाहाल
जेठ २९, २०८२ बिहिबार १०:१३, काठमाडौँ

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अनेरास्वियुमा ३२ वर्षे उमेर हद लागु भएपछि पहिलोपटक निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो।

गएको आइतबारदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्रांगणमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी छ। सहमतीबाट नेतृत्व चयन हुन नसकेपछि अनेरास्ववियुले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो। 

केही बेरअघिबाट ४३ वटा इलेक्ट्रिक भोटङ मेसिन मार्फत मतदान सुरु भएको हाे। मतदान साँझ ४ बजेसम्म हुनेछ।

गएको आइतबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए। 

यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो। तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो। 

अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। 

महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी दिएका छन्।

यतिबेला निर्वाचन स्थलमा उम्मेदवारहरु विभिन्न ढंगले मत मागिरहेका छन्। 

३२ वर्षे उमेर हद लागु भएसँगै नेतृत्वका दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्। अब अनेरास्ववियुको नेतृत्व सचिव तहमा आउने देखिएको छ। 

हेर्नुहाेस् मतदान स्थलका थप तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad