राजनीति


विगतको बलिदानपूर्ण इतिहासलाई अपमान गर्न मिल्दैन: डा. भट्टराई

विगतको बलिदानपूर्ण इतिहासलाई अपमान गर्न मिल्दैन: डा. भट्टराई

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार २०:२०, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने जिम्मेवारी पूरा गरिसकेको बताएका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अब त्यो भन्दा अगाडि उन्नत समाजवादतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले पछिल्लो ज्ञान, विज्ञान र नेपालको ठोस सामाजिक–आर्थिक अवस्थालाई आत्मसात् गर्दै नयाँ ढङ्गले समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष भट्टराईले विगतको बलिदानपूर्ण इतिहासलाई नकार्ने वा अपमान गर्न नहुने बताउँदै विगतको जगमा उभिएर समय सुहाउँदो र नेपाल अनुकूल समाजवादी यात्राको नयाँ चरण शुरु गर्नुपर्ने जिकिर गरे।  

उनले भने, ‘माओवादीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुर्‍याउने बेलासम्म आफ्नो भूमिका पूरा गर्‍यो। अब हामी त्यो भन्दा अगाडी नयाँ ढङ्गले जानुपर्छ। त्यसको निम्ति पछिल्लो ज्ञान र विज्ञान र नेपालको ठोस धरातलमा आधारित भएर हामीले आफूलाई उन्नत प्रकारको समाजवाद भनेर जानु उपयुक्त हुन्छ भनेर यो अभियान सुरु गरिएको हो।’ 

उनले पूँजीवाद उत्पादक शक्तिको विकास नगरी आफूहरूले भने जस्तो समाजवाद आउन नसक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad