समाज


न्याय परिषद् सदस्यमा नेपाल सिफारिस, संसदमा पुग्यो प्रधानमन्त्रीको पत्र, न्यायाधीशसँगै सुनुवाइ

न्याय परिषद् सदस्यमा नेपाल सिफारिस, संसदमा पुग्यो प्रधानमन्त्रीको पत्र, न्यायाधीशसँगै सुनुवाइ

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार २०:३२, काठमाडौँ

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस भएको पत्र संघीय संसद सचिवालयमा पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को विज्ञ सदस्यमा नेपाललाई सिफारिस गरेका हुन्।

नेपालको नाम सिफारिस गरिएको पत्र संसद सचिवालयमा आइपुगेको र भोलि (शनिबार) को संसदीय सुनुवाइ समितिको बैठकमा पेस हुने संसदका महासचिव पद्मप्रसाद पाण्डेयले नेपालखबरलाई जानकारी दिए।

यस्तै सर्वोच्च अदालतमा न्यायाधीश सिफारि गरी न्याय परिषद्ले पठाएको पत्र पनि संसदमा पुगेको छ। उक्त पत्र पनि भोलिकै सुनुवाइ समितिको बैठकमा पेस गरिने भएको छ।

शनिबार दिउँसो २ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ। उक्त बैठकले प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गर्ने संसद सचिवालयले जानकारी दिएको छ।

न्याय परिषद्को मंगलबार बसेको बेठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सिफारिस गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad