नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप लगाउँदै एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शिर निहुराएर लज्जावोध गर्ने गरेको टिप्पणी गरेका छन्।
यस्तै उनले देश बनाउनका लागि आफूहरुले अध्यक्ष प्रचण्डको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको जिकिर गरे। ‘कांग्रेस, एमालेबाट निर्वाचित भएकाहरुले पनि बाटोमा जुनजुन पालिकाहरु परे तिनीहरुले हामीलाई भित्रि हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ,’ सापकोटाले भने, ‘त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्नेकुरा हामीले त बुझेको कुरा हो। जनताले पनि त्यो बुझे।’
Shares

प्रतिक्रिया