कला


फ्लाई नेपाले ‘कमेडी दरबार’ टिमसँग मिलेर गर्ने अमेरिका टुर किन गर्‍यो रद्द?

फ्लाई नेपाले ‘कमेडी दरबार’ टिमसँग मिलेर गर्ने अमेरिका टुर किन गर्‍यो रद्द?

नेपालखबर
असार २, २०८२ सोमबार १२:४८, काठमाडौँ

फ्लाई नेपाले ‘कमेडी दरबार’ का टिमलाई लिएर आयोजना गर्न लागेको कार्यक्रम ‘अब हाँस्छ अमेरिका २’ रद्ध गरेको छ। 

आयोजकले एक विज्ञप्ति निकाल्दै ‘कमेडी दरबार’ निर्देशक तथा होस्ट विक्की अग्रवालसहितलाई लिएर गर्न लागिएको कार्यक्रम स्थगित गरेको जनाएको हो।  

केही समयअघि ‘अब हाँस्छ अमेरिका २’मा कलाकारहरू विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठ र विक्की अग्रवाल सहभागी हुने जानकारी गराइएको थियो। 

तर, उस्तै प्रकृतिको अर्को कार्यक्रमका लागि कलाकारको टिमले संझौता गरेको भन्दै फ्लाइ नेपालले सम्झौता रद्द गरेको दाबी गरेको छ। 

‘कमेडी दरबार’को टिमले व्यवसायीक धर्म प्रतिकूल आचरण गरेको फ्लाई नेपालेको आरोप छ।  ‘फ्लाई नेपासँग कार्यक्रमका लागि सम्झौता गरिसकेको अवस्थामा उस्तै प्रकृतिको कार्यक्रमका लागि सम्झौता गर्नुलाई हामीले कलाकारको व्यावसायिक धर्म प्रतिकूल आचरणको रुपमा बुझेको छौँ,’विज्ञप्तिमा भनिएको छ।  

यस विषयमा ‘कमेडी दरबार’को टिमले अहिलेसम्म केही पनि बताएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad