राजनीति


सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद

सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद

नेपालखबर
असार ८, २०८२ आइतबार १३:९, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्ले संसद् बैठक बहिस्कार गरेका छन्। 

आइतबारको बैठकमा केही समय बसेका उनीहरु सत्ता पक्षका सांसदले बोल्ने बित्तिकै बैठक छाडेर हिँडेका हुन्। 

वेल घेरेर १ घण्टाभन्दा बढी समय बैठकमा उभिएका रास्वपा सांसदहरुले बजेटमाथि विपक्षी दलका सांसदले धारणा राख्दा मौन भएर सुनेका थिए। 

तर, सत्ता पक्षका सांसद अर्जुननरसिंह केसीले बोल्न सुरु गर्ने बित्तिकै उनीहरु बाहिरिएका थिए।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा सांसदहरुले जेठ १३ गतेदेखि संसद् बैठक अवरोध गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad