आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ। यस फिल्मले दुई दिनमा भारतभर ३२.२० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको हो।
याकनिल्कअनुसार फिल्मले पहिलो दिन १०.५० करोड भारुको ओपनिङ गरेको थियो। शनिबार भने व्यापारमा उल्लेखनीय रुपमा वृद्धि भएको छ। शनिबार २१.५० करोड भारु कमायो।
सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मले सुखद कमाइ गरेको हो। शनिबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ३१.१६ प्रतिशत थियो। आज भारतमा बिदा भएकाले यस फिल्मले राम्रो कमाइ गर्ने आशा गरिएको छ।
आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ भने नेपालमा रिलिज हुनसकेन। भारतीय निर्माताले महंगो वितरण शुल्क मागेगरेपछि यो फिल्म नेपाली वितरकले भित्र्याउन सकेनन्।
सितारे जमिन पर २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो। फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्।
आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन्।
Shares

प्रतिक्रिया