राजनीति


भिजिट भिसाबारे छानबिन गर्न बनेको उच्च स्तरीय समितिबारे गृहमन्त्रीले संसदलाई गराए जानकारी

भिजिट भिसाबारे छानबिन गर्न बनेको उच्च स्तरीय समितिबारे गृहमन्त्रीले संसदलाई गराए जानकारी

नेपालखबर
असार १०, २०८२ मंगलबार १२:७, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै अध्यागमन प्रणालीमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि उच्च स्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्।

उनका अनुसार, यस समितिको गठन हिजोको दिन स्वयं उनले प्रस्ताव गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति गठन गरिएको स्पष्ट पार्दै उनले भने, ‘सम्मानित सदनमा भएको सहमति अनुसार समिति बनाइएको हो।’

गृहमन्त्री लेखकले उक्त समितिलाई स्पष्ट कार्यादेश दिइएको उल्लेख गर्दै भने, ‘सदनमा उठेका सबै माननीय सदस्यहरुको चिन्ता समेटेर समस्या दीर्घकालीनरूपमा समाधान गर्ने उद्देश्य राखिएको छ।’

समितिले अध्यागमन प्रणालीमा देखिएका त्रुटि र बेथिति पहिचान गरी सुधारका लागि सुझाव पेस गर्नेछ। गृहमन्त्री लेखकले समितिको प्रतिवेदन प्राप्त भएपछि आवश्यक सुधारका कदमहरू तत्काल उठाइने प्रतिवद्धता समेत जनाए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad