राजनीति


पार्टीलाई बलियो बनाउन समन्वयात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्छ: प्रकाशमान सिंह

पार्टीलाई बलियो बनाउन समन्वयात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्छ: प्रकाशमान सिंह

नेपालखबर
असार १३, २०८२ शुक्रबार १९:१७, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन सबै नेताकार्यकर्ताबीच समन्वय आवश्यक रहेकामा जोड दिएका छन्।

कांग्रेस काठमाडौँ महानगरपालिका–१० द्वारा आज यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा सिंहले भ्रातृ सङ्गठन, कांग्रेस पार्टीका शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएकामा पार्टी बलियो हुने भएकाले समन्वयात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले कांग्रेस जनताको परीक्षामा पास भइसकेकाले अबको मार्ग जनहितका विकास, निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे।

'कांग्रेस, पार्टीका भ्रातृ सङ्गठन तथा पार्टीका शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएमा जनताको विश्वास अझ बढ्दै जाने भएकाले हामी सहकार्य र समन्वयका माध्यमबाट बलियो बन्दै जनताका पक्षमा काम गर्नुपर्छ', उपप्रधानमन्त्री सिंहले भने, 'हामी पटकपटक जनता माझमा गएर परीक्षामा पास भएर आएका छौँ।'

उनले मुलुकको समसामयिक परिस्थितिलाई बुझेर समयसापेक्ष रूपमा अघि बढ्नुपर्ने भन्दै २००३ सालमा स्थापना भएको कांग्रेसले हालसम्म परिवर्तन ल्याएर मुलुकमा गणतन्त्र स्थापना गरेको बताए।

उपप्रधानमन्त्री सिंहले वर्तमान एमाले र कांग्रेसको गठबन्धनबाट बनेको सरकार गठन हुँदाको सहमतिअनुसार अघि बढिरहेको बताउँदै यो सहमति नयाँ राजनीतिक दलहरूका कारण नटुट्ने उल्लेख गरे। 

'नयाँ पार्टीले जे भन्यो त्यो मान्दै जान सकिँदैन । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर कुनै पनि आन्दोलनमा सहभागी नभएका दलबाट आशा गर्नु तर्कसङ्गत हुँदैन', उनले भने।

कांग्रेसका पूर्वमहामन्त्री सिंहले जनताको अधिकारका लागि प्रतिकूल अवस्थामा सङ्घर्ष गरेका पार्टीहरूलाई कसैले पनि नजरअन्दाज गर्न नहुने धारणा राखे। सबैको विचार र धारणा सुन्नुपर्ने भन्दै उनले जनतालाई हित हुने तथा उनीहरूले चाहेका उपलब्धि प्राप्त गर्न काम गर्दा मुलुक, जनता र सरकारलाई दीर्घकालीन र सकारात्मक फाइदा हुने भएकाले यसतर्फ सबै लाग्नुपर्नेमा जोड दिइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad