वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामका विवरण सावर्जनिक गरेका छन्।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण सार्वजनिक गरेका हुन्।
मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ। उनले हरित अर्थतन्त्रको दिशा अबलम्वन गर्दै आवश्यक कानुनी सुधार भएको पनि बताए।
उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए। वन व्यवस्थापन तथा संरक्षण गर्न मन्त्रालय प्रतिवद्ध रहेको उनको भनाइ छ। विभिन्न क्षेत्रमा सम्भावित कार्बनको व्यापारको खाका समेत तयार पारिसकिएको शाहीले बताए। परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विशेष पहल भएको पनि उनले बताए।
Shares

प्रतिक्रिया