प्रधान न्यायालय फैसलाहरू पुस्तकमा समेटिएको छ।
प्रधान न्यायालयबाट २०१० सालमा भएका फैसलाहरू समेटिएको पुस्तक बुधबार प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले विमोचन गरेका छन्।
२०१० सालमा गरिएका करिब एक हजार फैसलामध्ये ९७५ वटा फैसलालाई पाँच अंकमा प्रकाशित पुस्तकमा समेटिएको छ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश एवं सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष हरिप्रसाद फुयालले २०११ सालका फैसलाको पुस्तक शृंखला पनि प्रकाशनको अन्तिम चरणमा रहेको जानकारी दिए।
उनले भने, 'विसंगति १९९७ देखिका फैसला संकलन गरेका छौँ। १९९१ देखिका राय किताब भेटिएका छन्। २०११ सालका फैसलाको पुस्तक शृंखला पनि प्रकाशनको अन्तिम चरणमा छौँ।'
सर्वोच्चका ७० वर्षअघिका ती ५,४९९ फैसला, जो ढुसी र धुलोभित्र भेटिए
सर्वोच्चमा बहसः प्रधान न्यायालय कहिले बन्यो? भेटिए १९९१ देखिका राय किताब
1.2k
Shares

प्रतिक्रिया