राजनीति


मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छ : सांसद पौडेल

मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छ : सांसद पौडेल

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:४९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नयाँ सञ्चार माध्यम (न्यू मिडिया) का नाममा सूचना संप्रेषणका हकमा नागरिकमाथि अनावश्यक हस्तक्षेप हुननहुने धारणा राखे।

‘न्यू मिडियालाई कसरी नियमन गर्नुहुन्छ मन्त्रीज्यु? सूचना लिने र दिने नागरिकको हक कसैबाट निर्देशित हुनुहुँदैन,’ पौडेलले भने, ‘त्यसका लागि काउन्सिललाई स्वायत्त बनाएर स्वतन्त्र र निष्पक्ष व्यक्तिलाई ल्याउनुपर्छ जसले सरकार तथा अन्य मिडियामाथि निगरानी गर्नुपर्छ। सूचनाको हकसँग सम्बन्धी भएको हुनाले नागरिकले सूचना पाउने कुरामा राज्यको निर्देशन हुनुपर्छ। यदि कसैले त्यस्तो भ्रामित र भ्रम सूचना प्रशारण÷प्रकाशन गर्नेलाई दण्डित गर्नुपर्छ। लेनदेनमा कुरा नमिलेको र व्यक्तिलक्षित निरन्तर समाचारहरू आउनुपर्छ। मिडियालाई नियमन गर्न सकिएन भने समाजमा अराजकता बढेर जान्छ। यो विधेयकमा सच्याउने कुराहरु सच्याउनुपर्छ। यो विधेयक आवश्यक छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad