राजनीति


११ एसपी एसएसपीमा बढुवा सिफारिस, बस्नेत र साह छुटे

११ एसपी एसएसपीमा बढुवा सिफारिस, बस्नेत र साह छुटे

एसएसपीमा बढुवा सिफारिस भएका एसपीहरू राकेश सिंह, राजीव बस्नेत र तुलबहादुर कार्की।


नेपालखबर
साउन ५, २०८२ सोमबार १२:५९, काठमाडौँ

नेपाल प्रहरीको ११ जना उपरीक्षक (एसपी)हरू वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले यो निर्णय गरेको हो। 

सिफारिस हुने एसपीहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पाेखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, प्रवीण धिताल र दयानिधि ज्ञवाली छन्।  

बढुवा सिफारिसमा यसपटक पनि एसपी बिमल बस्नेत र रामप्रकाश साह छुटेका छन्।  बस्नेत पहिलाे नम्बरमा भए पनि ५ वर्ष बढुवा राेक्काकाे कारबाहीमा परेका थिए। साह र बस्नेत राष्ट्रिय अनुसन्धान विभागकाे टाेलीबाट आएका हुन्।  

११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा थिए। गृह स्रोतका अनुसार सिनियर १३ मध्येबाट ११ जना बढुवामा परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad