राजनीति


राजनीतिक आडमा बादशाहको अपराध, सांसद पत्नीसँग दुईवटा नागिरकता?

राजनीतिक आडमा बादशाहको अपराध, सांसद पत्नीसँग दुईवटा नागिरकता?

नेपालखबर
असार २२, २०७६ आइतबार १२:३८,

प्रहरीले हालै नियन्त्रणमा लिएको कपिलबस्तुका अहमद खान बादशाले राजनीतिक आडमा अपराध गर्दै आएकाे भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।

प्रहरीकाे माेस्ट वान्टेड सूचीमा रहेका बादशाह सत्तारुढ नेकपाका संगठित सदस्य रहेकाे पाइएकाे छ भने उनकी पत्नी नेकपाकै प्रदेश ५ की समानुपातिक सांसद श्रीमति फौजिया नसिम खाँनसँग दुईवटा नागरिकता रहेको बताइएकाे छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सरकारले सत्ता र शक्तिको भरमा अपराधीलाई संरक्षण दिने काम गरेको भन्दै गम्भीर आपत्ती जनाए। उनले प्रहरी नियन्त्रणमा रहेका बादशाह नेकपाका संगठित सदस्य भएको भन्ने आएको भन्दै यथार्थ जानकारी गराउन माग पनि गरे।

साथै बादशाहकी श्रीमती फौजिया नसिम खाँन प्रदेश नम्बर ५ मा नेकपाकै समानुपातिक सांसद भएको तथा उनको दुईवटा नागरिकता भएकोमा कपिलबस्तुमा मुद्दा चलिरहेको भन्दै उनले यसबारे प्रधानमन्त्री, गृहमन्त्री र नेकपाका अध्यक्षको ध्यानाकर्षण गराए।

विगतमा विभिन्न शसस्त्र समुहमा रहेर आधा दर्जन भन्दा बढी अपराधिक घटना गराएका बादशाह तराईका शसस्त्र समुहसँग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए। सांसद श्रीमतीमार्फत राजनीतिक नेताहरुसँग सम्पर्क बढाउन केही दिनदेखि काठमाडाै‌ंमा रहेका उनलाई शुक्रबार प्रहरीले राजधानीबाटै गिरफ्तार गरेकाे हाे।

कपिलबस्तुका निर्वाचित जनप्रतिनिधीका अवाेध सन्तानकाे १५ महिना अघि हत्या गरेर फरार नसिम खाँ मुसलमान भारतकाे सीमावर्ती शहर अलिगढवामा ढुक्कले बसेका थिए। संयुक्त जनतान्त्रिक तराई मुक्तिमाेर्चाका केन्द्रीय सदस्यकाे हैसियत बनाएका बादशाह उपनामका खान नेपाल आउजाउ गरिरहन्थे। केही समय कम्युनिष्ट राजनीति गरेका खान कपिलवस्तुमा एउटा सार्वजनिक कार्यक्रममा सरकारका कृषि मन्त्री चक्रपाणी खनालसँग केही महिना अघि समेत देखिएका थिए। उनी माेस्ट वान्टेड भएपनि उनकाे रवैया, भेटघाट र चिनजानले राजनीतिक रंग ल्याईसकेकाे थियाे। 

उनीमाथि २०६३ जेठ १९ गते जिल्लाको मायादेवी गाउपालिका ३ फुलिका बस्ने धर्मराज बरईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ बैशाख १७ गते  कपिलबस्तु नगरपालिका १ बस्ने सन्दीप कुमार गुप्ताको जीप रोकी हतियार देखाएर २ लाख लुटेको आरोप छ ।

त्यस्तै २०६४ फागुन ६ गते जिल्लाको मोतीपुर बस्ने प्रेम परियारलाई गोली हानी हत्या गरेको, २०६५ भदौ ३० गते कपिलबस्तु नगरपालिका १० बस्ने अकाला कोहारलाई गोली हानी हत्या गरेको, २०६५ कार्तिक ९ गते कपिलबस्तु नगरपालिका १ बस्ने तत्कालिन पिपरा गाबिस सचिव राम मिलन गुप्तालाई गोली हानी हत्या गरेको आरोप पनि छ ।

त्यसबाहेक मायादेवी गाउपालिका  पकडी ६ बस्ने राजेन्द्र प्रसाद तिवारी , हथिहवा ३ बस्ने शिवपुजन कुर्मी र मायादेवी गाउपालिका ४ पिपरा वडाध्यक्षका ४ बर्षिय छोरा मोहम्मद अहेमान लगायतको हत्या गरेकाे पनि अभियाेग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad