राजनीति


नेताको भोट बढाउनका निम्ति अब विमानस्थल बन्नु हुँदैन : भट्टराई

नेताको भोट बढाउनका निम्ति अब विमानस्थल बन्नु हुँदैन : भट्टराई

नेपालखबर
साउन ८, २०८२ बिहिबार १२:९, काठमाडौँ

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन्। 

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा ५५ वटा विमानस्थल रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको उल्लेख गरे। सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नरहेको भट्टराईको भनाइ छ।

‘हाम्रो नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलो पटक हवाई सेवा सुरु गरेका थियौँ, त्यस यता अहिलेसम्म १०८ वटा दुर्घटना भएका छन्,’ उनले भने, ‘यसबाट ९५९ जना मान्छेको ज्यान गएको छ। यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन्। यी ऐनहरु किन बनाइरहेका छौँ भन्दा यी दुर्घटनाहरुलाई कसरी मिनिमाइज गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या होलान्। ५५ वटा एयरपोर्ट हाम्रोसामु छन्। यी बारेमा पनि छलफल होस्। अब नेपालमा कति एयरपोर्ट चाहिन्छ?’

भट्टराईले थपे, ‘हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच, आदि कुराहरुले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ। ५५ वटा एयरपोर्टहरु सबै सञ्चालनमा छैनन्। ३२ वटा जति होलान्। त्यही पनि सबै रेगुलर छैनन्। कठोर लाग्न सक्छ। फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन। यो फेसन हो। राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन। यसले राष्ट्रको ठूलो क्षति हुन्छ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘त्यसबाहेक अरु एयरपोर्ट बनाउनुपर्छ जस्तो मलाई लाग्दैन। भएका एयरपोर्टहरुको क्षमता विस्तार गर्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad