खेल


यूईएफए महिला युरो २०२५: जर्मनीलाई पराजित गर्दै स्पेन पहिलोपटक फाइनलमा

यूईएफए महिला युरो २०२५: जर्मनीलाई पराजित गर्दै स्पेन पहिलोपटक फाइनलमा

नेपालखबर
साउन ८, २०८२ बिहिबार १२:१४, काठमाडौँ

साविक उपविजेता जर्मनीलाई पराजित गर्दै विश्व विजेता स्पेन पहिलोपटक यूईएफए महिला युरो २०२५ को फाइनलमा पुगेको छ। 

स्विटजरल्यान्डको स्टेडियन लेट्जिग्रन्डमा भएको खेलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो। 

खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

खेलको आइताना बोनमतिको निर्णायक गोलमा स्पेन फाइनलमा पुगेको हो। 

स्पेन अपराजित रहेर युरोको फाइनल खेल्न लागेको हो। फाइनलमा पुगेसँगै स्पेनले साविक विजेता इङल्यान्डसँग खेल्नेछ। 

स्पेन फाइनलमा पुगेसँगै फिफा विश्वकप २०२३ को इतिहास युरोमा पनि दोहोरिएको छ। 

महिला विश्वकपको फाइनलमा स्पेनले इङल्यान्डलाई १-० गोलअन्तरले पराजित गर्दै विश्वविजेता बनेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad