नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ।
माओवादी केन्द्रको गुल्मी काठमाडौँ सम्पर्क मञ्चको पाँचौँ अधिवेशनको अवसरमा विप्लव नतृत्वको मञ्चका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका हुन्।
उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन्।
सम्पर्क मञ्चसहित विभिन्न राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डको सचिवालयले जनाएको छ।
माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत छन्।
Shares

प्रतिक्रिया