अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई ‘हामी नेपाली ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
‘हामी नेपाली ग्लोबल हिरो अवार्ड’ प्राप्त गरेपछि शाहीले खुसी व्यक्त गरेका छन्। यसका लागि उनले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका नेपालीहरूमा आभार व्यक्त गरेका छन्।
‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु,’ शाहीले भने।
441
Shares

प्रतिक्रिया