समाज


गोसाइँकुण्डमा बेपत्ता २ युवा अझै भेटिएनन्, खोजी कार्य जारी

गोसाइँकुण्डमा बेपत्ता २ युवा अझै भेटिएनन्, खोजी कार्य जारी

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८२ सोमबार १०:३३, काठमाडौँ

पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवक अझै फेला परेका छैनन्।

उनीहरूको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ।
 
रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङको  विराटनगरका २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्। 

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ।  

बेपत्ताको खोजीका लागि नेपाली सेना  श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका छन्। 

चारहजार ३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो। 

गोसाइँकुण्ड ताल १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad