सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले पदबहाली गरेका छन्। मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले आज पदबहाली गरेका हुन्।
सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा र सहरजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको थियो। हिजो सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसबमोजिम निर्णय गरेको थियो।
यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकासमा गएपछि रिक्त पदपूर्ति गरिएको हो।
यसैबीच न्यायपालिका अधिकृत समाजको टोलीले नवनियुक्त मुख्य रजिस्ट्रार पौडेल र रजिस्ट्रार कार्कीलाई उनीहरुकै कार्यकक्षमा गएर बधाइ तथा सफल कार्यकालका लागि शुभकामना दिएको छ।
मुख्य रजिस्ट्रार समाजका प्रमुख संरक्षक र रजिस्ट्रार संरक्षक हुन्।


Shares

प्रतिक्रिया