राजनीति


प्रचण्डको ब्रिफिङ- माधव र विप्लवसँग एकताका लागि पहल भइरहेको छ

प्रचण्डको ब्रिफिङ- माधव र विप्लवसँग एकताका लागि पहल भइरहेको छ

नेपालखबर
साउन १४, २०८२ बुधबार १७:४५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका छन्। 

बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समाजवादी मोर्चाबारे ब्रिफिङ गर्दै एकताका लागि नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्टसँग छलफल चलिरहेको जानकारी दिएको बैठकमा सहभागी एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

‘समाजवादी मोर्चाबारे ब्रिफिङ गर्नुभयो,’ ती पदाधिकारीले भने, ‘पार्टी एकताको निम्त पहल गर्ने भनेर छलफल चलिरहेको छ। माधवजीसँग पनि, विप्लवजीसँग पनि एकताका लागि छलफल चलिरहेको छ भन्नुभयो।’

पछिल्लो समय विशेषगरि माधव नेपालसँग प्रचण्डको लगातार छलफल भइरहेको छ। ती भेटमा पार्टी एकताको प्रस्ताव उनले नेपालसँग राखेको बताइएको छ। 

समाजवादी मोर्चाको कामकारबाही र एकताबारे स्थायी समिति बैठकमा समेत छलफल हुनेछ। माओवादी केन्द्रले साउन १६ गतेदेखि स्थायी समिति बैठक बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad