हालै भियतनामले सिसा र नान्सा टापु आफ्नो भएको र आफूसँग त्यो आफ्नो भएको दाबी गर्न प्रमाणहरु भएको बताएको थियो।
मार्च ३० मा भियतनामले संयुक्त राष्ट्रसंघलाई एक पत्र लेख्दै भनेको थियो,‘हामीसँग नान्सा र सिसा टापु आफ्नो भएको दाबी गर्न ऐतिहासिक प्रमाण र अन्तर्राष्ट्रिय नियमअनुसार पुरै कानुनी अधिकार छ।’
चीनले उक्त टापु हडप्न खोजेको भियतनामको आरोप आइरहँदा चीनले मंगलबार भियतनामलाई उक्त टापुहरु आफ्नो भएको प्रतिक्रिया जनाएको हो।
चीनको विदेशमन्त्रालयले भनेको छ,‘भियतनामको भनाइहरु पुरै अवैधानिक र गलत छन्।’ सीजीटीएन

प्रतिक्रिया