राजनीति


जिल्ला र स्थानीय तहको अधिवेशनका लागि राप्रपाले तोक्यो केन्द्रीय पर्यवेक्षक

जिल्ला र स्थानीय तहको अधिवेशनका लागि राप्रपाले तोक्यो केन्द्रीय पर्यवेक्षक

नेपालखबर
साउन १५, २०८२ बिहिबार १६:४१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला र स्थानीय तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ। 

बिहीबार बसेको पार्टीको बैठकले जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार केन्द्रीय पर्यवेक्षक तोकिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।  

यसरी तोकिएका पर्यवेक्षकहरुलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरुसंग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको छ।

पर्यवेक्षकहरुले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्न र नियमित प्रतिवेदन पेस गर्नुपर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad