राजनीति


‘कुलिङ अफ पिरियड’को छानबिनसम्बन्धी प्रतिवेदन भोलिको सभामा पेस गर्ने तयारीमा छौँ : परियार

‘कुलिङ अफ पिरियड’को छानबिनसम्बन्धी प्रतिवेदन भोलिको सभामा पेस गर्ने तयारीमा छौँ : परियार

नेपालखबर
साउन १८, २०८२ आइतबार १६:१८, काठमाडौँ

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको छेड्खानीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ। सभापति परियारले समितिलाई प्राप्त चारवटा कार्यादेशमाथि छलफल भइरहेको उल्लेख गर्दै सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए। 

‘समितिको कामको हामी अन्तिम चरणमा पुगेका छौँ, आज हामी म्याद थपिएको सातौं दिनमा छौँ,’ परियारले भने, ‘आज साँझसम्म सम्भवतः हामीले प्रतिवेदनलाई अन्तिम रुप दिएर भोलिको सभामा प्रस्तुत गर्ने तयारीमा छौँ। यसको मतलव सबै काम सम्पन्न भइसकेको भन्ने होइन। हामीलाई प्राप्त चार वटा कार्यादेश दिएको थियो। हामी त्यो चारवटा कार्यादेशबारे छलफलकै क्रममा छौं। प्रतिवेदन फाइनल भइसकेको छैन। हामी कार्यादेशमा केन्द्रित भएर छलफल गरिरहेका छौं। यसलाई आज अन्तिम रुप दिएर भोलिको संसदको बैठकमा बुझाउने तयारीमा छौँ।’

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा भएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमाथि छानबिन गर्न समिति गठन गरेको थियो। प्रारम्भमा समितिलाई २१ दिनको समय दिइएको थियो। उक्त समय साउन ११ गते सकिएपछि समितिले थप ७ दिनको समय पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad