राजनीति


हरिबोल गजुरेलले भने- जनार्दनलाई धेरै स्पेस दिएर मैमत्त भएको हो

हरिबोल गजुरेलले भने- जनार्दनलाई धेरै स्पेस दिएर मैमत्त भएको हो

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८२ आइतबार १८:४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले कम्युनिष्ट पार्टीमा रचनात्मक सहयोग वा रचनात्मक प्रतिवाद गरेर मात्रै नेतृत्व पाइने बताएका छन्। 

माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्दै उनले अध्यक्ष प्रचण्ड यी दुवै चरण पार गरेर आएको जिकिर गरे।

‘कम्युनिष्ट पार्टीमा उत्तराधिकारीको प्रश्न होइन, रचनात्मक सहयोग गरेर वा गलत भए रचनात्मक प्रतिवाद गरेर हुन्छ,’ गजुरेलको भनाइ छ, ‘प्रचण्डले यी दुवै चरण पार गर्नु भएको हो।’

अर्का उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै उनले धेरै स्पेस दिएर मात्तिएको समेत टिप्पणी गरे। ‘अहिलेको संघर्ष मैत्रीपूर्ण भएन, जनार्दनलाई धेरै स्पेस दिएकाले मैमत्त भएको हो,’ गजुरेलको भनाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad