राजनीति


राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा

राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा

नेपालखबर
साउन १९, २०८२ सोमबार २१:४५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमवार पदयात्रा गरेको छ। 

सोमवार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो। जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए।

उनले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताए। यसमा कोही पनि विचलित नहुने उनको भनाइ छ।

अहिलेका नेताहरुले जताततै व्रह्मलुट गरेको बताए। उनले गणतन्त्र जनताले नल्याएको बताए।

किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने बताए।

जनताको मुक्ति र भ्रष्टाचारीहरुलाई तह लगाउन आफूहरुले आन्दोलन गर्न लागेको उनको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad