राजनीति


विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न रास्वपाले दबाब अभियान चलाउने

विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न रास्वपाले दबाब अभियान चलाउने

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १८:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नागरिकको मताधिकार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै अभियान चलाउने भएको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय वरेको प्रवक्ता मनीष झाले जानकारी दिए। 

त्यस्तै पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको छ।

आजको बैठकले  पार्टीको संस्थापक केन्द्रीय सदस्य ईश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ। हज कमिटीको अध्यक्षमा नियुक्त  हुँदा उनले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।

पार्टीको रिक्त विभिन्न विभाग तथा समितिहरुमा देहायका जिम्मेवारीमा सदस्यहरुलाई मनोनयन गरेको छ। केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा मनोनयन भएका छन्। 

त्यस्तै मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल पुनम शाहलाई मनोनयन गर्ने निर्णय पनि आजको बैठकले गरको प्रवक्ता झाले जानकारुी दिए। केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा ललित श्रेष्ठलाई मनोनयन गरिएको छ। 

पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने र पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला-जिल्लामा परिचालन गर्ने तयारीबारे पनि छलफल गरेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad