राजनीति


अहिलेकै व्यवस्थाको जगमा टेकेर युवाहरूले देशको भविष्य कोर्नुपर्छ: राष्ट्रपति पौडेल

अहिलेकै व्यवस्थाको जगमा टेकेर युवाहरूले देशको भविष्य कोर्नुपर्छ: राष्ट्रपति पौडेल

नेपालखबर
साउन २७, २०८२ मंगलबार १२:४५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले अहिलेकै राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाको काँधमा रहेको बताए।

'युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरूको सक्षम हुनुहुन्छ। उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो। विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्रतर विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार हो। उद्यमशिलता आर्थिक विकासको आधार हो,' उनले भने।

राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशिलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको पनि बताए।

'यसका लागि युवाको विदेश पलायन रोकी उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशिलता विस्तार एवं प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad