ग्लोबल


इलाहाबाद उच्च अदालतका न्यायाधीश वर्माविरुद्धको महाभियोग लोकसभामा स्वीकृत

इलाहाबाद उच्च अदालतका न्यायाधीश वर्माविरुद्धको महाभियोग लोकसभामा स्वीकृत

नेपालखबर
साउन २७, २०८२ मंगलबार १२:५६, काठमाडौँ

भारतको लोकसभाका सभामुख ओम बिर्लाले मंगलबार नगद घोटाला मुद्दामा इलाहाबाद उच्च अदालतका न्यायाधीश यशवंत वर्माविरुद्धको महाभियोग प्रस्ताव स्वीकृत गरेका छन्। 

उनले भने, 'मैले रविशंकर प्रसाद र विपक्षी दलका नेता सहित १४६ सदस्यहरूले हस्ताक्षर गरेको प्रस्ताव प्राप्त गरेको छु। जसले इलाहाबाद उच्च अदालतका न्यायाधीश यशवंत वर्मालाई उनको पदबाट हटाउन माग गर्छ।' 

सभामुख बिर्लाले अनुसन्धानका लागि ३ सदस्यीय समिति गठन गरेका छन्। 

यसमा सर्वोच्च अदालत र उच्च अदालतका एक-एक न्यायाधीश र एक कानुनी विज्ञ छन्।

यो महाभियोग प्रस्ताव अनुसन्धान समितिको रिपोर्ट नआएसम्म विचाराधीन रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad