कोशी


झापाको बेलडाँगीमा कपडा लोड भएको ट्रकमा आगलागी, ३६ लाखको क्षति

झापाको बेलडाँगीमा कपडा लोड भएको ट्रकमा आगलागी, ३६ लाखको क्षति

नेपालखबर
साउन २७, २०८२ मंगलबार १२:५६, विराटनगर

झापाको दमक नगरपालिका-३ बेलडाँगीमा पार्किङ गरिएको रेडिमेड कपडा लोड भएको मिनी ट्रकमा आगलागी हुँदा करिब ३६ लाख रुपैयाँको क्षति भएको छ।

प्रहरीका अनुसार, बेलडाँगीका २७ वर्षीय महेन्द्र तामाङको घर अगाडि सडक छेउमा पार्किङ गरिएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा गएराति आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन।

स्थानीय प्रहरी टोली, बासिन्दा र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो राति २ बजेतरि पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट ७/८ जना व्यापारीको कपडा पूर्ण रूपमा जलेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। 

ट्रक आंशिक रूपमा जलेर करिब ६ लाख रुपैयाँको क्षति भएको छ। ट्रक र कपडा जलेर ३६ लाख क्षति भएको प्रहरको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad