कला


‘महाभोज’ एमएसएम भिडिओमा स्ट्रिमिङ

‘महाभोज’ एमएसएम भिडिओमा स्ट्रिमिङ

नेपालखबर
साउन २७, २०८२ मंगलबार १३:४, काठमाडौँ

गत जेठ ३० गते प्रदर्शन भएको फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडिओमा स्ट्रिमिङ भएको छ। अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्।

दिनेश राउतको निर्देशित यो नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो। हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखन रहेको छ। 

यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्याल लगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad