राजनीति


राजीनामा दिँदै रामहरिले भने- कर्मचारीप्रति विश्वास गर्नु मेरो कमजोरी रह्यो

राजीनामा दिँदै रामहरिले भने-  कर्मचारीप्रति विश्वास गर्नु मेरो कमजोरी रह्यो

नेपालखबर
साउन २७, २०८२ मंगलबार १६:३६, काठमाडौँ

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति विधेयकलाई संसद्बाट पारित गर्ने क्रममा स्थायी सरकार मानिने कर्मचारीमाथि धेरै विश्वास गर्नु आफ्नो कमजोरी रहेको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभामा कुलिङ अफ पिरियडमा भएको बदमासीबारे आफ्नो धारणाा राख्दै अन्तिमतिर ध्यान कम दिनु कमजोरी रहेको समेत उल्लेख गरे। ‘अन्तिममा जसरी अध्ययन हुनुपर्दथ्यो, त्यसमा ध्यान नपुगेको म पनि स्वीकार गर्छु,’ खतिवडाले भने, ‘स्थायी सरकार कर्मचारीप्रति विश्वास गर्नु मेरो पनि कमजोरी रह्यो।’
 
‘आशंकायुक्त दृष्टिले नहेर्नु मेरो पनि कमजोरी रह्यो,’ उनले थपे।

यद्यपि समितिमा भने आफूबाट त्यस्तो कुनै कमजोरी नभएको दाबी गरे। ‘मबाट त्यस्तो त्रुटिको कल्पना पनि हुन सक्दैन र भएको छैन भन्ने पनि संसद्लाई विश्वास लाउन चाहान्छु,’ खतिवडाले भने।

संसद्‍मा रामहरिको भनाइः 

म इमान्दार जनप्रतिनिधि पनि हुँ। 

राज्यव्यवस्था समितिबाट गएको प्रतिवदेनमा कसको गल्ती भएको हो त्यो खुल्दै जाला। जुन दिन त्रुटि भएको थाहा भयो, मैले सभापतिको हैसियतमा लिएका गाडी लगायतका सुविधा त्यसैदिन बुझाइसकेको थिएँ। 

छानबिन समितिको प्रतिवेदन बाहिर आइसकेको हुँदा माननीय सदस्यहरू यसबारे जानकार हुनुहुन्छ। म आफैँ पनि कुलिङ पिरिय राख्नुपर्छ भन्नेमा अडान लिएकै छु। जुन हिजो पनि थिएँ, आज पनि छु। भोलि पनि रहने प्रतिवद्धता जाहेर गर्न चाहान्छु। 

यो प्रावधान राख्दा विशिष्ट कर्मचारीले प्रभाव पार्न खोजेका थिए। त्यसलाई वास्ता नगरेर हामीले नगरेर हामीले पास गरेको हो। विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको देखिन्छ। त्यो त्रुटि म बाट र राज्यव्यवस्था समितिबाट भएको होइन। 

म बाट त्यस्तो त्रुटिको कल्पना पनि हुन सक्दैन र भएको छैन भन्ने पनि संसदलाई विश्वास लाउन चाहान्छु। 

अन्तिममा जसरी अध्ययन हुनुपर्दथ्यो त्यसमा ध्यान नपुगेको म पनि स्वीकार गर्छु। स्थायी सरकार मानिने कर्मचारीप्रति विश्वास गर्नु मेरो पनि कमजोरी रह्यो। 

आशंकायुक्त दृष्टिले नहेर्नु मेरो पनि कमजोरी रह्यो । 

तर, राज्यव्यवस्था समितिले बैठक बसेर त्यो त्रुटिलाई सच्याउनुपर्छ भनेर निर्णय गरिसकेको छ। मलाई विश्वास छ– राष्ट्रिय सभाले त्यो काम गर्ला। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad