राजनीति


अहिले राज्यविरुद्ध विद्रोह गर्ने समय होइन: पृथ्वीसुब्बा गुरुङ

अहिले राज्यविरुद्ध विद्रोह गर्ने समय होइन: पृथ्वीसुब्बा गुरुङ

नेपालखबर
भदौ ४, २०८२ बुधबार १४:२८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताएका हुन्। 

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताए।

राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम  हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उनको भनाइ छ। अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरुले लाभ लिन सक्नुपर्ने बताए। समतामुलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ। 

‘हामी किन राष्ट्रपतीय प्रणालीमा नगएको भन्दा राष्ट्रपतीय प्रणालीमा गयो भने बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा प्रतिनिधित्वमा धेरै समस्या पैदा हुन्छ। प्रतिनिधित्वका लागि स्पेस कम हुन्छ, राज्यमा त्यसकारणले राष्ट्रपतीय प्रणालीमा होइन, सुधारिएको संसदीय प्रणालीमा नै जाऔँ,' उनले भने, 'पार्टीहरुले पनि त्यसको समावेशीताको महसुस गर्नसक्ने, दलहरूले पनि महसुस गर्नसक्ने भनेर शासन प्रणालीले कसरी बढी भन्दा बढी प्रतिनिधित्व गराउँछ भन्ने हो। हाम्रो प्रयास फ्रान्सको जस्तो प्रणालीमा जाऔँ न त दुनियाँमा एउटा राष्ट्रपतिय शासन प्रणाली र अर्को संसदीय शासन प्रणाली हो। हाम्रो शासन प्रणाली हाम्रो लागि परिवर्तन भएको हो कि होइन?' 

मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डीमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad