नेकपा एकीकृत समाजवादीको युवा संघ, नेपालमा समानान्तर कमिटी बनाएका सञ्जीव राईलाई संघले निलम्बन गरेको छ।
झलनाथनिकट राईलाई संस्थापन पक्षले ६ महिनाका लागि निलम्बन गरेको हो।
३ भदौमा ३ दिनभित्र स्पष्टीकरण बुझाउन दिइएको पत्रलाई बेवास्ता गरिएको र संघको जीवनलाई तहसनहस बनाउन भूमिका खेलेको आरोप लगाइएको छ।
युवा संघ अनुशासनका आयोगका अध्यक्ष विकल केसीद्वारा आइतबार जारी विज्ञप्तिमा उनलाई संघको विधानको धारा १६(७)(च) बमोजिम ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ।
राई नेतृत्वमा गत १ भदौमा २ सय २१ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको थियो। उक्त कमिटीमा पार्टीका सम्मानित नेता झलनाथ खनालका छोरा निर्भीक उपाध्यक्ष छन्।

525
Shares

प्रतिक्रिया