जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियृुक्त ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ।
न्यायाधीश शंकरकुमार राईको इजलासले यो आदेश गरेको हो।
बमजन आजै अदालतमा उपस्थित भएका थिए। राईको इजलासमा उनको बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो।
बमजन यस प्रकरणमा मुख्य अभियुक्त जीबी राईका जेठान हुन्। जीबी अझै फरार छन्।
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतले ६५ लाख रूपैयाँ छाड्ने आदेश दिएको थियो।
855
Shares

प्रतिक्रिया