संसद्मा छलफलमा रहेका विभिन्न ५ वटा विधेयक भदौ २६ गतेसम्म पारित गरिने भएको छ।
सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूची निर्धारण गर्न भएको छलफलमा ती विधेयक पारित गर्ने समय तोकिएको हो।
छलफलमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलिको बैठकमा भूमिसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूची राखिएको छ।
त्यस्तै भदौ १८ गते नागरिकतासम्बन्धी विधेयक र राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ।
१९ गते निजामती विधेयक पारित गर्ने र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने कार्यसूची बनेको बर्तौलाले जानकारी दिए।
324
Shares

प्रतिक्रिया